images
images
  • कावा सभापति खड्काले गरे आफूनिकट गुटसँग छलफल, हस्ताक्षर अभियान रोक लगाउने निष्कर्ष

    काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पद सम्हालेको भोलिपल्टै आफ्ना निकट नेताहरूको भेला डाकेका छन् ।

    आज बिहानदेखि धोबीघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका नेताहरूको बैठक जारी छ ।

    विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको दबाब बढिरहेका बेला खड्काले बैठक बोलाएका हुन् ।

    बैठकमा सहभागी नेताहरूले असोज १० बाट महाधिवेशन प्रतिनिधिहरूको वैधानिकता सकिएको भन्दै केन्द्रीय समिति निष्क्रिय हुनुअघि नियमित महाधिवेशनको मिति तोक्न सुझाव दिएका छन् ।

    कतिपय नेताहरूले खड्काको भूमिकाप्रति असन्तुष्टि जनाउँदै महामन्त्रीहरूको एजेन्डामा पूर्ण रूपमा नचल्न सुझाव दिएका छन् ।

    उनीहरूले सभापतिलाई अप्ठ्यारो पार्ने प्रयास रोक्न कार्यवाहक सभापतिले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images