काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एआई प्रयोग गरी आफ्नो फेक भिडिओ बनाएर चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन् ।
उनले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीपछि घरमा जलेको अवस्थामा पैसा फेला परेको भनिने भिडिओ फेक भएको उल्लेख गरे ।
‘त्यो मेरो घरको भिडिओ होइन, अरू देशको दृश्य काटेर एआईबाट तयार पारिएको हो । मेरो चरित्र हत्या गरिएको छ, यसको छानबिन हुनुपर्छ,’ देउवाले भने ।
प्रतिक्रिया दिनुहोस्























