काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि तोकिएको निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले देशमा शान्ति–सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।
त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै पुनस्र्थापनाको माग अघि सारेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले देशहितविपरीतको कदमका विरुद्ध जनताले सडकमा आउन तयार रहेको दाबी गरे ।
उनले सुशीला कार्की प्रधानमन्त्री बन्ने अडान संसद् विघटनको कारण बनेको उल्लेख गर्दै संसद् र संविधान जोगाएर राजनीतिक निकास खोज्न सबै पक्ष सहमत रहेको बताए ।
यसका साथै उनले निर्वाचनमा एमाले नजाने प्रष्ट पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्























