काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो फेसबुकमा एउटा कविता पोष्ट गर्दै किसानलाई अपमानित गरेका छन् ।
उनले कविताको छैटौँ हरफमा ‘किसानझैँ फोहर’ भनि लेखेका छन् ।
उनको उक्त हरफलाई लिएर नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले आपत्ति जनाएको छ ।
उसले एक विज्ञप्तिमा भनेको छ, ‘मुलुकको प्रमुख र आधारभूत उत्पादक शक्तिका रूपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीरूको स्वाभिमानमा चोट पुर्याउने यस्तो अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’

काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाइ व्यक्त हुनु खेदजनक भएको बताएको छ ।
महासंघले मेयर साहलाई आफ्नो स्टाटस तुरुन्तै हटाउन र किसानसँग माफी माग्न आग्रह गरेको छ ।
बालेनले माफी नमागगेमा थप कदम उठाउने चेतावनी समेत दिएको छ ।
महासंघले चेतावनी दिँदै भनेको छ, ‘यदि मेयर साहले माफी न मागेमा, हामी थप कदम उठाउने छौँ ।’
यस्तो बालेनको कविता :























