काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि हमला भएको बताएका छन् ।
मंगलबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, ‘सांघातिक हमला हुँदा घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । सुरक्षाकर्मीको घण्टौंको प्रयासपछि हामीलाई उद्धार गरिएको थियो ।’
देउवाले आफ्नो र परिवारमाथि भएको त्रासदीपूर्ण आक्रमण सबैले देखेको बताए र थपे, ‘हाम्रो प्रतिष्ठा गिराउन सुनियोजित झूट प्रचार पनि गरि मेरो घरमा बिटाका बिटा पैसा जलाइयो देखाइयो । तपाईंहरूको माया र प्रार्थनाले उपचारपछि यो बैठकमा उपस्थित हुन सकेँ ।’
घटनालाई व्यक्तिगत रूपमा नहेरी समग्रमा देश, पद्धति र पार्टीमाथिको आक्रमण मान्दै उनले आक्रमणकारीहरूलाई नियन्त्रणमा राख्न मद्दत गरेका सुरक्षाकर्मी र शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























