काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् ।
केन्द्रीय समिति बैठकले खड्कालाई यो जिम्मेवारी सुम्पने निर्णय गरेको छ ।
देउवा भोलि स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएकाले बाँकी सबै पार्टी बैठक खड्काले सञ्चालन गर्नेछन् ।
कार्यवाहक सभापति खड्काले कांग्रेस महाधिवेशनमा पनि सहभागिता जनाउने सम्भावना रहेको बताइएको छ ।
जेनजी आन्दोलनमा घाइते भएका देउवा दम्पती थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्























