काठमाडौं– निवर्तमान प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्ने माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढालाई गृहमन्त्री ओमप्रकाश अर्यालले अनसन तोड्न आग्रह गरेका छन् ।
बुढाले तीन बुँदे माग राख्दै अनसन बसेका हुन् ।
जसमा तेस्रो बुँदामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सीडीओमाथि आन्दोलनका क्रममा गोली प्रहार गर्ने जिम्मेवारीमा रहेका व्यक्तिलाई निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने भनिएको थियो ।
यसबारे गृहमन्त्री अर्यालले भने, ‘यो चाहिँ जाहेरी परिसकेको छ ।’
अर्यालले पीडितले न्यायका लागि जुन संयन्त्र रोज्छन् ।
जाँचबुझ आयोग वा नियमित फौजदारी प्रणाली त्यही अनुसार कानुनसम्मत कारबाही हुने बताए ।
उनले थपे, ‘कानुनसम्मत रूपमा दर्ता हुनुपर्छ; दर्ता नहुने हो भने कारण खुलाउनुपर्छ र जिम्मेवारी लिनुपर्छ । न्यायको बाटो अवरुद्ध गर्ने व्यक्तिलाई राज्यले चिन्नुपर्छ र उसले जिम्मेवारी लिनुपर्छ । इतिहासले पनि यसलाई मूल्यांकन गर्नेछ ।’























