images
images
  • देउवाले स्वीकार गरेनन् महामन्त्रीद्वयको प्रस्ताव, भने– नियमित महाधिवेशनबाहेक अर्को विकल्प छैन

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको प्रस्ताव अस्वीकार गरेका छन् ।

    महामन्त्रीद्वयले मंसिर महिनामा नियमित महाधिवेशन गर्ने कार्यतालिका एजेन्डाका रूपमा आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए ।

    मंगलबार बिहान भएको भेटमा उक्त प्रस्ताव सभापति देउवाले अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

    एजेन्डाबारे देउवा र महामन्त्रीद्वयबीच सहमति नजुटेपछि मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा देउवाले आफ्नो वक्तव्य प्रस्तुत गरेपछि बैठक स्थगित गर्ने तयारी भएको बताइएको छ ।

    सहमति नजुटेकाले बैठकमा औपचारिक एजेन्डा अघि नबढाई देउवाले वक्तव्य पढेपछि नेताहरूबीच अनौपचारिक छलफलमार्फत नयाँ एजेन्डा तय गर्ने योजना बनाइएको छ ।

    देउवाले महामन्त्री थापा र शर्मालाई महाधिवेशनको विषयमा सहमति र परामर्श गरेर मात्र अघि बढ्न सुझाव दिएका थिए ।

    मंगलबारको बैठकपछि केन्द्रीय समिति बैठक बिहीबार पुनः बोलाउने तयारी छ ।

    प्रचलनअनुसार केन्द्रीय समिति बैठकका एजेन्डा सभापतिसँगको परामर्शमा तय हुने भएकाले महामन्त्रीद्वयले सोही उद्देश्यले देउवालाई भेटेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images