काठमाडौं– सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि सीमित अवधिको मल्टी-बाइ अफर सार्वजनिक गरेको छ ।
यो अफरअन्तर्गत चुनिएका ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप खरिद गर्दा ५३ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ ।
यो अफरले प्रयोगकर्तालाई आफ्नो नयाँ ग्यालेक्सी फोनलाई वाच र बड्ससँग जडान गरी सम्पूर्ण ग्यालेक्सी इकोसिस्टम अनुभव गर्न सक्षम बनाउँछ ।
यी वेरेबलहरूमा BP र ECG ट्र्याकिङ, Galaxy AI द्वारा सञ्चालित अडियो, र सहज कनेक्टिभिटी जस्ता उन्नत सुविधा उपलब्ध छन् ।

MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “हाम्रो लक्ष्य ग्राहकलाई एकीकृत र सहज डिजिटल जीवन अनुभव गराउनु हो । यो अफर त्यसैको निरन्तरता हो ।”
यो अफर नेपालभरका सामसङ अधिकृत स्टोरहरूमा सीमित अवधिका लागि मान्य हुनेछ ।
साथै, ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सामसङ इन्स्टा फाइनान्स मार्फत ० प्रतिशत ब्याजदरमा इएमआई योजनामा पनि नयाँ डिभाइस खरिद गर्न सक्नेछन् भने केवल नागरिकता प्रमाणपत्र पर्याप्त हुनेछ ।



विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्