images
images
  • “Forthing Tihar Vibe” अभियान सुरु, प्रत्येक यात्रामा उत्सवको रमाइलो अनुभूति

    काठमाडौं– लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले नेपालमा Forthing ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूको आधिकारिक वितरकका रूपमा तिहारको अवसरमा विशेष अफर “Forthing Tihar Vibe” अभियान सुरु गरेको छ ।

    असोज २७ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने यस विशेष अफरअन्तर्गत ग्राहकहरूले Forthing को प्रिमियम इलेक्ट्रिक एसयूभी “Forthing Friday EV” अनुभव गर्न सक्नेछन् ।

    कम्पनीले यो अफरमार्फत ग्राहकहरूलाई प्रविधिसँगै उत्सवको अनुभूति दिलाउने लक्ष्य राखेको जनाएको छ ।

    अफरअन्तर्गत उपलब्ध सुविधाहरू :

    ग्राहकहरूले सीमित अवधिको यो अभियानमा निम्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

    बुकिङमा iPhone 17 Pro जित्ने अवसर

    आकर्षक नगद छुट

    ८ वर्षको वारेन्टी

    ६ वर्षसम्म निःशुल्क सर्भिसिङ

    ७ kW होम चार्जर सहित

    स्पेयर टायर

    १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क सेवा

    Forthing Friday EV का विशेषताहरू :

    Forthing Friday EV ले फ्युचरिस्टिक डिजाइन, उच्च स्तरको सुरक्षा र वातावरणमैत्री प्रविधिलाई संयोजन गरेको छ ।

    यसमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले WLTP मापदण्डअनुसार ४०० किलोमिटरको ड्राइभिङ दायरा प्रदान गर्छ ।

    यसको इन्टेरियर अत्याधुनिक र आरामदायी डिजाइनमा तयार गरिएको छ, जहाँ प्रिमियम मसाज स्पोर्ट्स सिट, इलेक्ट्रिक टेलगेट र स्मार्ट ड्राइभिङ प्रणाली को संयोजनले ड्राइभर र यात्रु दुवैलाई लक्जरी अनुभव दिलाउँछ ।

    कम्पनीको भनाइ :

    अभियानबारे लक्ष्मी ई–मोबिलिटी प्रा.लि. का प्रतिनिधिले भने-

    “‘Forthing Tihar Vibe’ केवल एउटा अफर होइन, यो तिहारको उत्सवलाई ग्राहकहरूसँग साझा गर्ने हाम्रो प्रयास हो । Forthing Friday चलाउँदा ग्राहकले प्रविधिसँगै भावनात्मक र उत्सवमय अनुभव पाउँछन् । तिहार उज्यालोपना, सम्बन्ध र खुशीको पर्व हो र हामी चाहन्छौं, प्रत्येक ड्राइभमा पनि त्यही ऊर्जा झल्कियोस् ।”

    कहाँ अनुभव गर्न सकिन्छ

    ग्राहकहरूलाई थापाथली र नमसालस्थित Forthing Showroom मा आमन्त्रण गरिएको छ, जहाँ उनीहरूले Forthing Friday EV को डिजाइन, इन्टेरियर, र प्रदर्शन नजिकबाट अनुभव गर्न सक्छन् ।

    अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवाको पनि व्यवस्था गरिएको छ ।

    ‘Forthing Tihar Vibe’ अभियानले नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फको यात्रा उत्साहपूर्ण, फाइदाजनक र भावनात्मक बनाउन लक्ष्य राखेको छ ।

    Celebrate Every Move. Celebrate the Forthing Tihar Vibe.

    Tihar vibe Forthing

    प्रतिक्रिया दिनुहोस्
    images
    images