images
images
  • कांग्रेस विशेष महाधिवेशनको सम्मुखमा, भोलिसम्म मिति घोषणाको तयारी

    काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदैछ ।

    संस्थापनविरोधी पक्षले पार्टी नेतृत्व परिवर्तनको लागि हस्ताक्षर अभियान चलाएको थियो ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देशभरबाट ५१ प्रतिशत हस्ताक्षर संकलित भएको दाबी गरिएको छ ।

    विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने म्याद मंगलबार (असोज २८) बिहान १० बजे सम्मका लागि थपिएको छ ।

    हस्ताक्षरसहित दुई हजार ४०० भन्दा बढी प्रस्ताव दर्ता हुने बताइएको छ ।

    गएको भदौ २४ गते ‘जेनजी’ प्रदर्शनमा सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको घरमा आन्दोलनकारीको निशाना पुगेको थियो ।

    महामन्त्री थापासहित केन्द्रीय र स्थानीय नेताका घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

    यसपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु भएको थियो र विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images