काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट जेनजीहरूले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन्, जसको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति निमल्सिनाले गरिन् ।
उनका अनुसार अहिलेसम्म ४० जिल्लामा संयोजक तोकिसकिएको छ र बाँकी जिल्लामा काम तीव्र रूपमा अघि बढाइरहेको छ ।
पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको भन्दै उनले भनिन्, ‘चाकरी गर्नेहरूलाई मात्र अवसर दिएर पार्टी कब्जा गर्न खोज्नेहरूबाट बच्न हामीले अभियान सुरु गरेका हौं । बीसौं वर्ष हाँके पनि अन्तिममा पार्टी एमाले र कांग्रेसजस्ता बन्यो ।’
टास्क फोर्सका मुख्य उद्देश्यहरू पाँचवटा छन् ।
जसअन्तर्गत माओवादीले १७ हजार मारिएको भन्ने ‘गलत भाष्य’ चिर्ने, गाउँमा रेड टास्क पोस्ट स्थापना गरी जनताको कुरा सुन्ने, पार्टी पुनःसंरचना गर्ने र प्रचण्डलाई एक कार्यकाल थप अवसर दिने, आगामी चुनावमा बहुमत ल्याउने र देशमा एकमात्र कम्युनिस्ट पार्टी स्थापना गर्ने रहेको छ ।
तिमल्सिनाले पूर्व नेता र कार्यकर्ताहरूलाई पार्टीमा फर्काउने अभियान पनि चलाउने बताए ।
तर, एक कार्यकालको लागि प्रचण्ड बाहेक अरु विकल्प नभएको उनले दाबी गरिन् ।
कार्यकर्ताको मागअनुसार पार्टीमा परिवर्तन गर्ने निर्णय सीमित भएको बताइन् ।























