images
images
  • २० जना बन्दी रिहा गर्दै हमास, विपीन जोशी अझै अज्ञात

    काठमाडौं– प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।

    जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।

    सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।

    उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।

    यस्तो छ सूची :

    – बार कुपरस्टाइन

    – एभ्यातार डेभिड

    – योसेफ–चाइम ओहाना

    – सेगेभ काल्फोन

    – अविनातान ओर

    – एल्काना बोहबोट

    – म्याक्सिम हेरकिन

    – निम्रोद कोहेन

    – माटान जाङाउकर

    – डेभिड कुनियो

    – एइतान हर्न

    – माटान एङ्ग्रेष्ट

    – एइतान मोर

    – गाली बर्मन

    – जिभ बर्मन

    – ओम्री मिरन

    – एलोन ओहेल

    – गाइ गिलबोआ–दलाल

    – रोम ब्रासलाब्स्की

    – एरियल कोनियो

    प्रतिक्रिया दिनुहोस्
    images
    images