काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद अझै जारी छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर जुटाएर विशेष महाधिवेशन माग गरिरहेका भए पनि डा. शेखर कोइराला समूहले त्यसको विरोध गर्दै आएको छ ।
केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी फुटको जोखिम भएको भन्दै विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
डा. कोइरालाले पनि मंसिरमा विधानअनुसार नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
प्राडा. गोविन्दराज पोखरेलले मंसिरमा महाधिवेशन सम्पन्न गर्न पाँच बुँदे कार्यतालिका सार्वजनिक गरेका छन्:
क्रियाशील सदस्य प्रक्रिया छिटो टुंग्याउन समितिमा १५ जना थप्ने ।
१४ का सबै क्रियाशील सदस्य नवीकरण गराउने ।
कार्तिक १०–२० सम्म प्रत्येक वार्डमा अनलाइन रजिस्टरिङ, १२–१५ मा नयाँ अभियान र पुराना छुट नवीकरण ।
कार्तिक २० मसान्तसम्म सबै विवाद जिल्ला, प्रदेश र केन्द्रले मिलाएर टुंग्याउने ।
मंसिर ३–२० वडामा सुरु, २५ मा उद्घाटन र २७ मा प्रदेश तथा केन्द्रमा निर्वाचन सम्पन्न गर्ने ।
यो तालिकाअनुसार महाधिवेशन नियमित र विधिसम्मत रूपमा सम्पन्न हुने योजना बनाइएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्