काठमाडौं– भदौ २३ र २४ गतेका घटनालाई लिएर कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।
आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दर्ता प्रयास गरिएको हो ।
नेविसंघको केन्द्रीय बैठकले बालेन र सुधनविरुद्ध देशभर जाहेरी दिने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा उनीहरूले युवा–विद्यार्थीलाई उकासेर मुठभेड गराएको, जसबाट जनधनको क्षति भएको आरोप लगाएका छन् ।
जाहेरीमा राष्ट्रिय सम्पदा, सरकारी संरचना र कागजात तोडफोड गर्न उक्साएको दाबी गरिएको छ ।
विष्टका अनुसार जाहेरी दर्ता अझै भएको छैन, र प्रहरीले सरकारी वकिल कार्यालयसँग सल्लाहपछि निर्णय गर्ने जनाएको छ ।
नेविसंघले २४ घन्टाभित्र जाहेरी दर्ता नभए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
यसअघि एमाले निकट अनेरास्ववियूले पनि बालेन र सुधनविरुद्ध देशभर जाहेरी दिएका थिए, जसलाई प्रहरीले एउटै कारबाही प्रक्रियामा लैजाने तयारी गरेको छ ।




विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्