images
images
  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा गएनन् शीर्ष नेता, दोस्रो तहका नेताहरू सहभागी

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चुनावको वातावरण बनाउनका लागि बोलाएको सर्वदलीय बैठक शीतलनिवासमा सुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन् ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राप्रपाबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

    जसपाबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा. जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र मजदुर किसान पार्टीबाट सुनिल प्रजापती पनि उपस्थित छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images