काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी दिएको समाचार पूर्ण रूपमा गलत भएको स्पष्ट पारेका छन् ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसहित भएको सुरक्षा बैठकमा आईजीपी खापुङले यस्तो विषयमा कुनै कुरा नगरेका हुन् ।
बैठकमा सुरक्षा चुनौती र शान्ति–व्यवस्था कायम राख्ने विषयमा मात्र छलफल भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आईजीपी खापुङले कहीँ कतै राजीनामा दिने आशय व्यक्त गर्नु भएको छैन र सबै छलफलहरू शान्ति–व्यवस्था कायम राख्न मात्र केन्द्रित थिए ।’

प्रतिक्रिया दिनुहोस्























