काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू रिटायर्ड जीवन बिताउने पक्षमा नभएको बताए ।
काठमाडौंमा शुक्रवार प्रेस सेन्टरमा आयोजित पत्रकार भेटमा उनले भने रिटायर्ड जीवन बिताउन्न तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन ।
उनले तीन पार्टी र तीन नेता उस्तै भन्ने टिप्पणीमा चित्त दुखेको बताए ।
प्रचण्डले नेतृत्व छोड्न तयार भएको तर जीवन जोखिममा पारिने अवस्था स्वीकार्य नभएको बताए ।
जेन–जी आन्दोलनको सम्मान गर्नुपर्ने पनि प्रचण्डले बताए ।
उनका अनुसार यसलाई सम्बोधन नगरे देश पछाडि पर्छ ।
फागुन २१ मा तय भएको निर्वाचन सफल गराउन अहिलेको मुख्य आवश्यकता रहेको उनले उल्लेख गरे ।
उनले आफूलाई कहिलेकाहीँ ज्योतिषी जस्तो अनुभव हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्























