काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनबारे सरकार र दलहरूसँग आज शीतल निवासमा छलफल गर्ने भएका छन् ।
सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोके पनि दलहरूसँग पर्याप्त परामर्श नहुँदा राष्ट्रपतिले संवादको पहल गर्न लागेका हुन् ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि राष्ट्रपति पौडेलले सबै दलहरूसँग निर्वाचन विषयमा संवाद गर्ने निष्कर्ष निकालेका हुन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गर्न राष्ट्रपति पौडेलसँग अनुरोध गरेपछि आजको बैठक बोलाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























