काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।
जेन्जी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका भए पनि थापाले अब मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव राखेका हुन् ।
बैठकपछि डा. शशांक कोइरालाले थापाको प्रस्तावबारे जानकारी दिए ।
यसअघि नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्न सक्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्























