images
images
  • ओली–लेखकलाई पक्राउ गर्नेबारे तीनवटै सुरक्षा निकायसँग गृहमन्त्रीको छलफल

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

    नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरूसँग बिहीबार भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन र काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे जानकारी आदानप्रदान गरिएको छ ।

    यसका साथै निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्नेबारे पनि छलफल भएको स्रोतले बताएको छ ।

    यसबारे भएको छलफलबाट ठोस परिणामबारे स्रोतले बताउन चाहेन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images