images
images
  • पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते

    काठमाडौँ । पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन्। पहिरोमा परेर सात जना घाइते भएका छन्।

    पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरोले ६ घर बगाएको छ। पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    पहिरोले हिउँदे खोलमा ६ घर बगाएको छ। पहिरोमा परेर सात जना घाइते भएका छन्। सिद्धार्थ राजमार्ग नजिकै रहेको हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो।

    पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images