काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको मागसहित अघि बढ्ने बताएका छन् ।
भक्तपुरमा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘संसद् विघटन असंवैधानिक, गलत, गैरकानूनी र अलोकतान्त्रिक हो । देशहितविपरीतको कदममा हामी पर्खिनु आवश्यक छैन ।’
उनले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता सडकमा आउन तयार हुने विश्वास व्यक्त गरे ।
ओलीले प्रधानमन्त्री बन्न सुशीला कार्कीको अडानलाई संसद् विघटनको कारणको रूपमा उल्लेख गर्दै भने, ‘संसद् र संविधान जोगाएर निकास खोज्ने विषयमा सबै पक्ष सहमत थिए । तर राजनीतिक दलहरूलाई पन्छाएर सरकार बनाउने र संसद् भंग गर्ने काम भयो ।’
प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























