काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बनेमा सामाजिक सञ्जाल करको दायरामा ल्याउने बताएका छन् ।
आज (बिहीबार) एमाले भक्तपुर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा दर्ता नभएका सामाजिक दर्ता गरेर करको दायरामा ल्याउने बताएका हुन् ।
उनले भने, ‘सामाजिक सञ्जाल बन्द गरिएको होइन, करको दायरामा आउ भनेको तर उनीहरू आउन मानेनन् । म फेरि प्रधानमन्त्री बने करको दायरामा ल्याउँछु ।’
प्रतिक्रिया दिनुहोस्























