काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूमाथि १२ करोड ७ लाख रुपैयाँभन्दा बढीको कम गुणस्तरको एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोप छ ।
अख्तियारले भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरीलगायतका विरुद्ध कैद र जरिवानासहितको सजाय माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























