काठमाडौं– नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो लाग्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुर गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत सावधान हुन आग्रह गरे ।
उनले भने, ‘हिजोको राणा, पञ्च र शाही शासनको सामना हाम्रो टोलीले गरेको हो। अहिलेका जनेजी नौटंकीले चुनौती दिए पनि सावधान रहनुहोस् ।’
बस्नेतले भ्रष्टाचार छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताए र नेपालको पहिलो नम्बरको भ्रष्टाचारी कुलमानदेखि सुरु गर्न सुझाव दिए ।
अर्थमन्त्री रामेश्वर खनाल, बालेन शाह र सुदन गुरुको समेत छानबिन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले युवासंघले असोज २५ गते मोटरसाइकल र्यालीमार्फत आफ्नो शक्ति देखाउने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























