images
images
  • बालेन र सुदनलाई तह लगाउन एमाले सैन्य संगठनका कमाण्डरसहित युवाहरूको तयारी

    काठमाडौं– जेन्जी आन्दोलनका नेतृत्वकर्ताहरूसँग नेकपा (एमाले) मुठभेडको तयारीमा उभिएको देखिएको छ ।

    २ असोजमा अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरमा सार्वजनिक गरेपछि एमालेले जेन्जी आन्दोलनविरुद्ध प्रतिकार र बदलाभावका गतिविधि तीव्र बनाएको स्रोतले जनाएको छ ।

    २३ र २४ भदौमा भएको आन्दोलनलाई विध्वंशका रूपमा चित्रित गर्दै एमालेले युवा तथा विद्यार्थी संगठनमार्फत प्रतिवाद अभियान सुरू गरेको बताइन्छ ।

    सुरक्षा निकायका अनुसार एमालेनिकट युवाहरू र जेन्जी आन्दोलनमा संलग्न युवाबीच जुनसुकै बेला हिंसात्मक झडप हुनसक्ने सूचना प्राप्त भएपछि सतर्कता बढाइएको छ ।

    पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेताहरूले हालै बालेन्द्र शाह र जेनजी समूहलाई लक्षित गर्दै तीव्र वक्तव्य दिएका छन् ।

    त्यहीबीच, आन्दोलनका क्रममा गोली चलाएर युवाको मृत्यु भएको भन्दै सुदन गुरुङले केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका छन् ।

    त्यसको जवाफमा एमालेनिकट विद्यार्थी संगठनले बालेन र सुदनमाथि सार्वजनिक सम्पत्ति तोडफोडको आरोप लगाउँदै जाहेरी दिएको छ ।

    ओलीविरुद्ध जेनजी पक्षको गतिविधि बढेसँगै एमाले युवाहरूले जवाफी तयारी थालेका छन् ।

    युवासंघ अध्यक्ष क्षितिज थेवे, मंगल थापा र ३०० भन्दा बढी कार्यकर्ताले गुन्डुमा प्रतिकार योजना बनाइरहेको जानकारी सुरक्षा निकायमा पुगेको छ ।

    यता, गृहमन्त्रीले जेन्जी आन्दोलनप्रति सहानुभूति देखाएको आरोपपछि मुठभेडको सम्भावना झनै बढेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images