images
images
  • शाओमीले रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट घोषणा

    काठमाडौं– शाओमी नेपालले “शाओमी महा फेस्टिवल”को अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजमा विशेष छुटको घोषणा गरेको छ ।

    यस क्रममा ग्राहकहरूले आफ्नो मनपर्ने स्मार्टफोनमा अपग्रेड गर्न अझ आकर्षक अवसर पाउनेछन् ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनस्वीले भने, “रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ ।

    यस सिरिजमा गरिएको नयाँ मूल्य कटौतीले प्रयोगकर्ताहरूलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिनेछ । अब अधिक प्रयोगकर्ताले फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् ।”

    कम्पनीले रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य सूची यसप्रकार सार्वजनिक गरेको छ :

    रेड्मी नोट १४: रु। २४,९९९ → रु. २३,९९९

    रेड्मी नोट १४ प्रो: रु। २७,९९९ → रु. २६,९९९

    रेड्मी नोट १४ ९०ह्ज: रु। ३०,९९९ → रु. २९,९९९

    रेड्मी नोट १४ प्रो म्याक्स: रु। ३५,९९९ → रु. ३४,९९९

    रेड्मी नोट १४ सिरिज आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनको लागि परिचित छ ।

    कम्पनीका अनुसार, संशोधित मूल्य २०८२ साल असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भइसकेको छ र नेपालभरका सबै अधिकृत बिक्रेता तथा स्मार्टफोन स्टोरहरूमा उपलब्ध छ ।

    यस मूल्य कटौतीले ग्राहकहरूलाई फ्ल्यागशिप स्तरको स्मार्टफोनलाई किफायती मूल्यमा पाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

    Redmi Note 14 Series Price drop Image 1

    प्रतिक्रिया दिनुहोस्

    images