images
images
  • पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं– पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ, बलराम अधिकारीविरुद्ध ५३ लाख, यामकुमारी गुरुङ र खमबहादुर पुनविरुद्ध २५–२५ लाख, रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख र तुल्सीराम बुढामगरविरुद्ध ७८ लाख बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

    २०८२ असार २८ मा तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत प्रमुखको सरुवासम्बन्धी ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।

    सो प्रकरणमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत मुछिएका थिए ।

    अख्तियारका अनुसार जग्गा दर्ता मिलाइदिने नाममा मन्त्रीदेखि सचिवसम्मको संलग्नतासहित घुस लेनदेनका अडियो र म्यासेज सार्वजनिक भएका थिए ।

    पोखराका सुजन लामाले मन्त्री बलराम अधिकारीका छोरा मनोजलाई ३२ लाख बुझाएको र उनका भाइ शालिकरामको खातामा ५ लाख जम्मा भएको विवरणसमेत सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images