images
images
  • चुनावी छलफल गर्न आयोगद्वारा दलहरूलाई आह्वान, आयुक्तले भने– वडासदस्य नजितेका नआउँनू

    काठमाडौं– आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका तयारीबारे छलफल गर्न निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूलाई बोलाएको छ ।

    आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा रहेका र अघिल्लो निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका दलहरूलाई छलफलमा सहभागी हुन पत्राचार गरेको छ ।

    छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई निमन्त्रणा गरिएको हो ।

    आयुक्त तुलाधरका भनाइअनुसार असोज २० गते सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका आयोगको आन्तरिक तयारीका लागि मात्र हो, राजनीतिक दलहरूसँगको छलफलपछि मात्र औपचारिक निर्णय लिइनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images