images
images
  • राष्ट्रपति चढेको गाडीमा गोली प्रहार

    काठमाडौं– इक्वेडरमा इन्धन मूल्यवृद्धिको विरोध चर्किँदै जाँदा राष्ट्रपति ड्यानियल नोबोआमाथि मङ्गलबार आक्रमण भएको छ ।

    दक्षिणी क्यानार प्रान्तमा करिब ५०० प्रदर्शनकारीले नोबोआको गाडीमा ढुङ्गामुढा गर्दै गोलीसमेत चलाएका थिए ।

    गाडीमा गोलीका दाग देखिए पनि नोबोआ सुरक्षित रहेको वातावरण तथा ऊर्जा मन्त्री इनेस मान्जानोले पुष्टि गरेकी छन् ।

    मान्जानोले राष्ट्रपतिको गाडीमाथि गोली प्रहार र सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यलाई आपराधिक भन्दै पाँच जनालाई पक्राउ गरिएको र उनीहरूविरुद्ध आतंकवाद र हत्या प्रयासको मुद्दा चलाइने बताइन् ।

    १६ दिनअघि सरकारको इन्धन अनुदान हटाउने निर्णयपछि सुरु भएको विरोधका कारण डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढी बढेको छ ।

    आदिवासी महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनमा देशभर सडक अवरोध र झडप तीव्र बनेका छन् ।

    शनिबार नोबोआले राजधानी क्विटोसहित १० प्रान्तमा सङ्कटकाल घोषणा गरेका थिए ।

    यसअघि सेप्टेम्बर २८ मा पनि उनको मोटरकेडमाथि उत्तरी इम्बाबुरा प्रान्तमा पेट्रोल बम आक्रमण भएको थियो, जसमा एक नागरिकको मृत्यु र कैयौं घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images