जनकपुरधाम– नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गर्न हालका अर्थमन्त्री रामेश्वर खनालदेखि नै थाल्नुपर्ने सुझाव दिएका छन् ।
पूर्वसचिव समेत रहेका खनालमाथि पहिले छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा अर्थमन्त्री रामेश्वर खनालबाटै सुरु गर्ने कि नगर्ने ?’
उनले ऊर्जामन्त्री कुलमान घिसिङमाथि समेत दर्जनौँ उजुरी परेको दाबी गर्दै छानबिन उनीहरूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘कुलमानजीविरुद्ध अख्तियारमा, सम्पत्ति शुद्धीकरण विभागमा र संसदीय समितिमा समेत दर्जनौँ मुद्दा छन्,’ बस्नेतले भने, ‘अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
प्रतिक्रिया दिनुहोस्























