images
images
  • बालेन र सुदनविरुद्ध एमाले विद्यार्थी संगठनले देशैभरि जाहेरी दिने

    काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने तयारी गरेको छ ।

    अखिलले जेन–जी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको भन्दै साह र गुरुङलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

    ‘अड्डा, अदालत र प्रहरी चौकीजस्ता सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको छ,’ अखिलका महासचिव दीपक धामीले भने, ‘त्यसका जिम्मेवारहरूविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउँदैछौं ।’

    उनका अनुसार केन्द्रको समन्वयमा आजदेखि नै विभिन्न जिल्लामा जाहेरी दर्ता गर्ने कार्य सुरु गरिएको छ ।

    यसअघि मंगलबार अखिलले काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गराउन गएको थियो ।

    तर, सो जाहेरी तत्काल दर्ता नभएपछि प्रहरीले सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र जवाफ दिने जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images