images
images
  • साइबर ब्यूरोले एमाले महेश बस्नेतको किन लियो लिखित बयान

    काठमाडौं– साइबर अपराध मुद्दामा बयान दिन एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत बुधबार भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा उपस्थित भए ।

    जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा उनलाई बयानका लागि बोलाइएको थियो ।

    ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् ।

    सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको उनले लिखित रूपमा जवाफ दिएका हुन् ।

    ब्यूरो स्रोतका अनुसार कार्यालयले दिएको तीन काममध्ये एउटा बयान लिने प्रक्रिया सकिएको छ ।

    बाँकी दुई कार्य पूरा भएपछि प्रतिवेदन सरकारी वकिललाई पठाइनेछ ।

    बस्नेतविरुद्ध शोभा पाठकले दर्ता गराएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

    सुरुमा रोकिएको अनुसन्धानलाई केही दिनअघि सरकारी वकिल कार्यालयले पुनः सक्रिय गर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images