काठमाडौं– नेकपा (एमाले) निकट अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।
अखिलका पूर्वअध्यक्ष समीक बडालका अनुसार प्रहरी परिसरले जाहेरी बुझेको र सरकारी वकिलसँग परामर्श गरी २४ घण्टाभित्र दर्ता गर्ने वा नगर्ने निर्णय गर्ने जनाएको छ ।
अखिलले सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस र प्रहरी हत्या घटनामा बालेन र सुधनलाई संलग्न भएको आरोप लगाएको छ ।
यसअघि सुधन गुरुङ र उनका सहकर्मीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जुन प्रहरीमार्फत सरकारले गठन गरेको जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























