images
images
  • बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्दै एमाले विद्यार्थी

    काठमाडौं– नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्न लागेको छ ।

    अखिलका महासचिव दीपक धामीका अनुसार उनीहरू केहीबेरमै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता गर्न जाँदै छन् ।

    ‘भदौ २४ को जेन्जी आन्दोलनका क्रममा संसद् भवनदेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमणका घटनामा संलग्न भएकाले उनीहरूमाथि उजुरी दिन लागेका हौं,’ धामीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images