images
images
  • प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट गायब

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट गायब भएको छ ।

    प्रधानमन्त्री कार्कीले निवर्तामान प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको अकाउन्ट चलाउन नमानेपछि प्रधानमन्त्री कार्यालयले नयाँ अकाउन्ट खोलेको थियो ।

    तर, त्यो अकाउन्ट अहिले चल्न छोडेको छ ।

    प्रधानमन्त्री कार्यालयले PM Sushila Karki नामको फेसबुक अकाउन्ट खोलेको थियो ।

    यसबारे कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

    आइतबार नै खोलिएको एक्स भने चलिरहेको छ ।

    प्रधानमन्त्री कार्कीको नामको नयाँ अकाउन्ट गायब हुँदा उनको नाममा खुलेका अन्य अकाउन्टहरूमा सक्रिय छन्, जसले आमनागरिकमा दुविधा पैदा भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images