images
images
  • देउवा कांग्रेस नेतृत्व नत्याग्नेमा दृढ, शेखर, गगन र विश्वप्रकाशलाई भारी

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ २४ पछि सार्वजनिक रूपमा देखिएका छैनन् ।

    जेनजी आन्दोलनको दोस्रो दिन उनका निवास बूढानीलकण्ठमा पुगेका आन्दोलनकारीले देउवा दम्पतीमाथि कुटपिट र आगजनी गरेका थिए ।

    घाइते देउवा र आरजू राणा उपचारपछि काठमाडौंमा एक घर भाडामा बसिरहेका छन् ।

    कांग्रेसभित्रै नेतृत्व छाड्न दबाब बढ्दा पनि देउवा अहिलेसम्म तयार छैनन् ।

    उनीनिकट एक नेताका अनुसार कार्यवाहक दिन तयार हुनुहुन्छ, तर घाइते अवस्थामा तत्काल नेतृत्व छाड्न दबाब मान्न सकिन्न ।

    कांग्रेसले भदौ २६ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

    देउवा यदि त्यस बैठकमा नेतृत्व छाड्ने घोषणा गरेनन् भने अहिलेसम्म ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाउने तयारी छ ।

    सोमबार कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापाबीच समेत आगामी कदमबारे लामो छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images