काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार सचिवालयपछि स्थायी कमिटी र पोलिटब्युरो बैठक पनि हुनेछन् ।
पार्टीले भदौको अन्तिम साता बैठक बोलाएको थियो ।
तर, जेन्जी आन्दोलनका कारण बस्न सकेको थिएन ।
अघिल्लो सचिवालय बैठकले माओवादीसँग पार्टी एकताका लागि बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो ।
अब बस्ने बैठकले पार्टी एकताबारे थप छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्























