images
images
  • जेन्जी पुनः आन्दोलित हुने त्रासमा सुरक्षा व्यवस्थामा कडाइ, अघोषित रूपमा सेना परिचालन

    काठमाडौं– जेन्जी पुनः आन्दोलित हुने त्रासमा सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

    जेन्जीले दमनकारी भूमिकामा रहेका अधिकारी र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न दबाब दिन थालेपछि प्रहरी सतर्क बनेको हो ।

    मुख्य चोक, सार्वजनिक स्थल र सरकारी कार्यालयमा प्रहरीको तैनाथी बढाइएको छ ।

    माइतीघर–भद्रकाली खण्डमा जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड राखेर सुरक्षा सुनिश्चित गरिएको छ ।

    त्यस्तै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सम्भावित आन्दोलन रोक्न अघोषितरूपमा सेना परिचालन गरेको छ ।

    सामाजिक सञ्जालमार्फत जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आरजु राणा देउवा, माधव नेपाल र महेश बस्नेतमाथि कारबाहीको माग गरिरहेका छन् ।

    दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा अंगका प्रमुखसँग छलफल गरिन् ।

    त्यसैगरी, जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्दै औपचारिक निवेदन दर्ता गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images