images
images
  • एमाले कोटाबाट अख्तियार प्रमुख बनेका राईको राजीनामा माग गर्दै जेन्जी पुनः आन्दोलित

    काठमाडौं– जेन्जी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।

    अख्तियार प्रमुखविरुद्धको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको थियो ।

    प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा प्रमुख आयुक्त राईले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

    जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने माग दोहोर्‍याउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images