images
images
  • भंग भएको संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा एमाले

    काठमाडौं– प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपा (एमाले) सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

    एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अदालतमा जानेबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको छ ।

    उनले भने, ‘यो विषयमा एमाले र कांग्रेस दुवै एकताबद्ध भएर अघि बढ्छौं । अदालत जाने मोडेल र मिति अझ टुंगो लागेको छैन ।’

    यसअघि असोज १२ गते गुण्डुमा बसेको सचिवालय बैठकमा पनि प्रतिनिधिसभा विघटनबारे न्यायिक परीक्षण गर्नुपर्ने विषय उठेको थियो ।

    उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘विगतका सर्वोच्च अदालतका फैसलाअनुसार यो कदम संविधानसम्मत देखिँदैन, यसको परीक्षण अदालतमै हुनुपर्छ ।’

    ज्ञवालीका अनुसार विघटित प्रतिनिधिसभामा ८० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने आठ दलले नै यो कदमको संवैधानिकतामाथि प्रश्न उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images