images
images
  • गन्तव्यमा पुग्न घरबाट निस्किनु भएको हो ? हेर्नुहोस् पूर्णरूपमा अवरुद्ध छन् यी सडकहरू (सूचीसहित)

    काठमाडौं– हालैका बाढी र पहिरोका कारण देशका धेरै राजमार्ग अझै अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

    प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ ।

    त्यस्तै, बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ स्थित माम्तीखोला, बुलढुंगा र डालाबेँशी, साथै सिन्धुलीको नेपालथोक खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध छ ।

    अरनिको राजमार्ग अन्तर्गत बालुवाखानी र तातोपानी खण्डमा पहिरो खसेर सवारी आवागमन रोकिएको छ ।

    त्यसैगरी, पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला र रसुवागढी खण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन ।

    गत असार २४ गते आएको बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल क्षतिग्रस्त बनाएकाले सो खण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध छ ।

    558950101 1121868493409006 2055952634428642282 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images