काठमाडौ.– नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ ।
सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो ।
बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चुनावमा जाने र अन्य दलहरूसँग संवाद भइरहेको जानकारी दिए ।
त्यस्तै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि निर्वाचनलाई सफल बनाउन संसद्मा रहेका दलहरूसँग छलफल भइरहेको बताए ।
उनका अनुसार सबै दलहरू सकारात्मक छन् र आम सहमतिको वातावरण बनिरहेको छ ।
माओवादीका अनुसार देशको राजनीतिक परिस्थिति चुनावमार्फत मात्रै स्थिर लयमा फर्किन सक्छ ।
बैठकले आन्तरिक कमजोरीको समीक्षा गर्दै अन्य दलहरूलाई पनि आत्मसमीक्षामा जुट्न आग्रह गरेको छ ।
दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने र विशेष महाधिवेशनका एजेन्डामा छलफल गर्ने निर्णयसहित बैठक सकिएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्