काठमाडौं– ‘जेनजी’ आन्दोलनको मौका छोपेर रास्वपा सभापति रवि लामिछानेसँगै गत भदौ २४ गते देशभरका २८ कारागार र ९ बालसुधार गृहबाट १४ हजार ५५३ कैदीबन्दी भागेका थिए ।
तीमध्ये २७ दिन बित्दा सोमबार (असोज २०) दिउँसो १ बजेसम्म आठ हजार ७३४ जना मात्र कारागार फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अझै पाँच हजार ८१४ कैदीबन्दी फरार छन् ।
उक्त दिन देशभर ३० हजार ६४६ कैदीबन्दीमध्ये ४७.४८ प्रतिशतले कारागार तोडेका थिए ।
भाग्ने क्रममा १० जनाको मृत्यु भएको विभागले जनाएको छ ।
हाल देशका विभिन्न कारागारमा २४ हजार १०२ कैदीबन्दी रहेका छन् ।
विभागले फरार कैदीहरूलाई स्वेच्छाले फर्कन बारम्बार आग्रह गरेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्