images
images
  • ओली–लेखकलाई पक्राउ गर्न जेन्जीका संयोजक सुदन गुरुङले सुरु गरे फेसबुक ट्रेन्ड

    काठमाडौं– हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले फेसबुकमार्फत ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डर’ ट्रेन्ड सुरु गरेका छन् ।

    ‘राष्ट्रका लागि गर वा मर’ अभियानको सुरुवात गर्दै उनले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको तस्बिरसहितको पोस्ट सार्वजनिक गरेका हुन् ।

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन र हत्या गरेको आरोप ओली–लेखकमाथि लगाउँदै आएका अभियान्ताहरू अहिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमाथि छानबिनमा दबाब दिइरहेका छन् ।

    सरकारद्वारा भदौ २३ र २४ गतेका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको छ ।

    आयोगलाई दबाब दिन सुदन र उनका समर्थकहरूले ट्रेन्ड अभियान चलाएका हुन् ।

    आयोगले ओली र लेखकको राहदानी रोक्का गर्दै उपत्यका बाहिर जान अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

    यसअघि बालुवाटारमा पुगेर सुदनसहित जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्री कार्कीलाई दबाब दिएका थिए ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटार पुगेर ओली र लेखकलाई पक्राउ गर्न माग दोहोर्याएका छन् ।

    यस्तो छ गुरुङले चलाएको ट्रेन्ड :

    प्रतिक्रिया दिनुहोस्

    images