काठमाडौं– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र ध्रुवीकरणबारे ब्रिफिङ दिएका छन् ।
सोमबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले विप्लव नेतृत्वको नेकपा, एकीकृत समाजवादी, र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताका पहल भइरहेको जानकारी गराए ।
सचिवालय सदस्य देवेन्द्र पौडेलका अनुसार, अहिलेसम्म नेसपा मात्रै एकताका लागि तयार छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा पनि छलफल जारी छ ।
असोज ९–१० मा बसेको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
पार्टीले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने असोज २५ मा केन्द्रीय समिति आकस्मिक बैठक बोलाएको छ ।
एकीकृत समाजवादीले पनि असोजको अन्तिम हप्तामा केन्द्रीय समिति बैठक गरेर एकता छलफल गर्ने तयारीमा छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्