images
images
  • माओवादी बैठक पेरिसडाँडामा जारी, यी एजेन्डामा हुँदैछ छलफल

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक पेरिस डाँडामा सुरु भएको छ ।

    बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता र ध्रुवीकरण, महाधिवेशन मिति र प्रतिनिधि छनोट कार्यविधि बारे छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

    असोज ९–१० गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेको थियो ।

    अध्यक्ष प्रचण्डको संयोजकत्वमा मङ्सिरको अन्तिम हप्तामा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको छ, जुन एकता महाधिवेशन पनि हुनसक्ने उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images