images
images
  • देउवाले कांग्रेस नेतृत्व छोड्ने संकेत, विशेष महाधिवेशनको तयारी

    काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्नका लागि केन्द्रीय समिति बैठकअघि नै महाधिवेशन प्रतिनिधिहरूबाट हस्ताक्षर संकलन गर्ने तयारी सुरु भएको छ ।

    विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले कारणसहित लिखित रूपमा हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ ।

    यहीँ व्यवस्था उपयोग गर्दै कांग्रेसको संस्थापनविरोधी समूहले देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

    एक नेताका अनुसार, ‘२५ गते हस्ताक्षर बुझाउने तयारी छ । अहिलेसम्म अधिकांश हस्ताक्षर संकलन भइसकेको छ । देशभर अभियान चलिरहेको छ र दसैँका कारण केही ढिलाइ भए पनि अब गति लिन थालेको छ ।’

    केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाप्रतिको पक्षधरहरूको बहुमत छ ।

    उनीहरू नेतृत्व परिवर्तन आगामी १५औँ महाधिवेशनबाट होस् भन्ने चाहन्छन् ।

    यसले गर्दा केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन बोलाउने विधानको प्रावधान पालना गर्न सक्ने अवस्था छैन ।

    त्यसैले संस्थापनविरोधी समूहका नेताहरूले प्रत्यक्ष हस्ताक्षरमार्फत विशेष महाधिवेशनको बाटो रोजेका हुन् ।

    हस्ताक्षर अभियान ६ असोजबाट शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रतिपक्षीहरूको नेतृत्वमा सुरु भएको थियो ।

    कांग्रेस केन्द्रीय समिति बैठक २६ असोजमा बस्ने तय छ ।

    यद्यपि विरोधी पक्षले दैनिक दबाब दिन थालेपछि देउवाले नेतृत्व त्याग्ने बताउँदै आएका छन् ।

    जेन्जी आन्दोलनको आक्रमणमा परेका देउवा उपचारको. क्रममा छन् ।

    उनले उपचारकक्षबाटै आफूले उप्रान्त सभापतिमा दाबी नगर्ने स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images