images
images
  • कांग्रेस संस्थापन विरोधीपक्षको विशेष महाधिवेशनमै अड्डी, हस्ताक्षर अभियान नरोक्ने

    काठमाडौं– नेपाली कांग्रेसमा संस्थापन विरोधी समूहले विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर अभियान चलाइरहेको छ ।

    विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले लिखित मागसहित हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ ।

    २५ गते हस्ताक्षर बुझाउने तयारी छ भने कलेक्सन देशभर भइरहेको छ ।

    दसैँले अभियान सुरु हुन ढिला गरेको नेताहरूले बताएका छन् ।

    केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षधरको बहुमत रहेकाले नेतृत्व परिवर्तन १५औँ महाधिवेशनबाट हुनुपर्ने पक्षमा छन् ।

    त्यसैले संस्थापनविरोधी समूहले प्रतिनिधि हस्ताक्षरमार्फत विशेष महाधिवेशनको बाटो लिएको हो ।

    हस्ताक्षर अभियान ६ असोजदेखि शेखर कोइराला, गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षधरले सुरु गरेका थिए ।

    केन्द्रीय समिति बैठक २६ असोजमा बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images